Advertisement

तामाकोशी पाँचौंका लागि सञ्चय कोषसँग ऋण सम्झौता हुँदै

0 23

Advertisement

०७ जेठ, काठमाडौं । दोलाखामा बन्न लागेको तामाकोशी–पाँचौं जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ । यसबारे आइतबार नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषबीच ऋण लगानी सम्झौता हुँदैछ ।

यसका लागि आइतबार साँझ ऋण लगानी सम्झौता समाहरोह हुँदैछ । यो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ‘क्यासकेड’ प्रोजेक्ट हो ।

माथिल्लो तामाकोशीको ‘टेलरेस’ सुरुङबाट निस्केको पानी प्रयोग गरेर ९९.८ मेगावाट बराबर बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको लगानी १६ अर्ब ४५ करोड रहेको छ । जुन लगानी बोर्डबाट स्वीकृत भइसकेको छ ।

यो आयोजना पनि पूर्णरुपमा स्वदेशी लगानीमा नै निर्माण हुनेछ । माथिल्लो तामाकोशीको विद्युत गृह रहेको ठाउँबाट टेलरेस सुरुङ हुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको यो आकर्षक आयोजना हो ।

आयोजना बनाउन कर्मचारी सञ्चय कोषसँग लगानी गर्ने समझदारी भएपनि वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुन सकेको थिए । ३० प्रतिशत लगानी इक्विटीबाट र ७० प्रतिशत ऋण लगानीमा आयोजना बनाउन लागिएको हो ।

माथिल्लो तामाकोशीको विद्युत गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर दोलखाको स्थानीय सुरी दोभान पुर्‍याइनेछ । आयोजनामा कुल ८ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

माथिल्लो तामाकोशी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई सहज अवस्था छ । यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि सहज छ ।

माथिल्लो तामाकोशीको टेलरेस सुरुङलाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक निर्माण भइसकेको छ । तामाकोशी पाँचौंमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ ।

आयोजनाको कुल लागतका आधारमा प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ हाराहारीमा मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने अवस्था छैन । माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पनि व्यवस्थापन थप सरल छ । आयोजनाले वाषिर्क रुपमा ५४ करोड युनिट ऊर्जा उत्पादन गर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.