Advertisement

पूर्वगृमन्त्री खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

0 36

Advertisement

३१ वैशाख, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै एक अर्ब रुपैयाँ बढी ठगी गरेको प्रकरणमा पक्राउ परेका १२ जनाविरुद्ध थप ४ दिनको म्याद थप भएको छ।

यसअघि थप म्याद सकिएपछि आइतबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले पक्राउ परेका सबै जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताए।

यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका सहयोगी नरेन्द्र केसी, काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पक्राउ परेका छन्।

यस्तै, एमाले नेता रायमाझीका छोरा सन्दीप, सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई गरी १२ जना अहिले हिरासतमा छन्।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।

तर, पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका लैजाने र त्यसबापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो।
तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभई नेपाली नागरिक रहेको खुलेको थियो।

नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो। गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो। उनीहरुले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरुलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको पाइएको छ। यो गिरोहले करिब १ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.