Advertisement

सरकार अर्थतन्त्रका चुनौतीप्रति बेखबर छः विष्णु पौडेल

0 29

Advertisement

२५ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको बजेटका प्रथमिकता अध्ययन गर्दा सरकार अर्थतन्त्रको चुनौतीप्रति बेखबर देखिएको आरोप लगाएका छन्।

आइतबारको प्रतिनिधि सभामा अर्थमन्त्री डा प्रकाशशरण महतले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद पौडेलले उक्त आरोप लगाएका हुन्।

‘विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता अध्ययन गर्दा अर्थतन्त्रका चुनौतीप्रति सरकार बेखबर रहेको पाएँ,’ सांसद पौडेलले भने, ‘चुनौती कहाँ छ, समस्या कहाँ छ भन्ने विषयमा सरकार बेखबर छ।’

यस्तै, सरकारकै मतहतको निकायले अर्थतन्त्र मन्दीको अवस्थामा रहेको तथ्य सार्वजनिक गरे पनि सरकारले त्यसलाई बेवास्था गरेको सांसद पौडेलले आरोप लगाएका छन्।

‘प्रधानमन्त्री कार्यलय मातहतमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यलयले सार्वजनिक गरेको आफ्नो प्रतिवेदनको तथ्याङ्कले नेपालको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको छ भन्ने तथ्य उद्घाटित गरेको छ,’ सांसद पौडेलले भने, ‘स्वयं सरकारी प्रतिवेदनले मन्दी भने पनि सरकार भने उक्त विषयमा बेखबर छ।’

राष्ट्रिय तथ्याङ्क विभागले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदनले चालु आर्थिक वर्षको आर्थिक वृद्धि दर करिब २ प्रतिशत वरिपरि रहने उल्लेख गरेको छ। राष्ट्र बैंक र केही अन्तर्राष्ट्रिय संस्थाहरुले ४ प्रतिशतमाथिको आर्थिक वृद्धि हुने बताउँदै आए पनि सरकारी प्रतिवेदनले मन्दीको अवस्थालाई इंगित गरेको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.