Advertisement

व्यवसायीका समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ: उपराष्ट्रपति यादव

0 25

Advertisement

२१ वैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले उद्योगी, व्यवसायीहरुको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका छन्।

उद्योगी, व्यवसायीहरुले चर्को व्याजदरका कारण आफूहरु मारमा परेको गुनासो गरिरहेका बेला उपराष्ट्रपति यादवले लगानी, व्यवसायिक वातावरण निर्माण गरी उनीहरुको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराए।

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले रोजगारी सिर्जना, आयात प्रतिस्थापन गरी निर्यात हुने बस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोडने काममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता ठूला र अग्रणी संस्थाहरुले विशेष भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।

उपराष्ट्रपति यादवले ग्रिल व्यवसायीहरुले भोग्नु परेका समस्याहरु समाधानका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण पनि गराए। ‘रोजगारी सिर्जना गर्न, आयातलाई प्रतिस्थापन गरी निर्यात गर्न सक्ने बस्तु उत्पादन हुने क्षेत्रको पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूलो उद्योगसँग जोड्ने काममा यहाँहरुको विशेष भूमिका रहनेछ भन्ने विश्वास लिएको छु,’ यादवले भने, ‘लगानी र व्यवसायिक वातावरण बनाउने र उद्योगी, व्यवसायीका समस्याहरु समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको यहाँ स्मरण गराउन चाहन्छु।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.