Advertisement

सुमेरु सेभिङका सबै शाखा बन्द हुँदा सर्वसाधारणको ८ अर्ब जोखिममा

0 25

Advertisement

०७ वैशाख, काठमाडाैं । ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट कोओपरेटिभमा सर्वसाधारणको झण्डै ८ अर्ब रुपैया बचत रकम डुब्ने खतरा बढेको छ । सहकारीबाट उठेको सुमेरू ग्रुप हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गरेको थियो ।

सहकारीको ठुलो रकम हिनामिना गरेको आरोप लागेका पूर्व अध्यक्ष भरत मर्हजन लामो समयदेखि बेलायतमा हराएपछी सदस्यहरुको बिचल्ली भएको छ । पूर्व अध्यक्ष भरत मर्हजन सहित उनका आफन्त सञ्चालकहरु हेमराज दहाल, विनोद आचार्य, दिलिप डङगोल, सुनिल डङगोल, सोछन्दा मानन्धर, रमेश मर्हजन लगायतले स्थापना गरेको सो सहकारीले अहिले जनताको ८ अर्ब रकम फिर्ता गर्न नसकेको बचतकर्ताहरुले बताएका छन् ।

सो रकममध्ये ५ अर्ब बढी रकम अहिले बेलायतमा रहेका पूर्व अध्यक्ष मर्हजनले नै चलाएको आशंका गरिएको छ । अहिले सो सहकारीले चलाएको सुमेरु सिटि हस्पिटल, धापाखेलमा रहेको सुमेरु हस्पिटल, कलेज सबै अरबौं लोनमा रहेको बुझिएको छ ।

हेमराज दहाल नेतृत्वको नयाँ सञ्चालक समितिले हिस्पटल, जग्गा जमिन, कलेज रामै्रसँग चलेको बताएर सर्वसाधारणको निक्षेप महिनौंसम्म फिर्ता नगरी जनताको आँखामा छारो हाल्ने काम गर्दै आएको छ । सहकारीको पछिल्लो जालसाँझीपूर्ण गतिविधिमा नयाँ समितिका सदस्यहरु अगाडी नदेखिएपनि कर्मचारी र सदस्यहरुलाई धाकधम्की दिएर सहकारीको सिइओले बोल्न नदिने गरेका स्रोतले बतायो । सो कारण सदस्यहरु तथा कर्मचारीहरु कहाँ कुन निकायमा जाने अन्यौलमा छन् ।

स्रोतका अनुसार अहिले सो सहकारीका कतिपय सदस्यहरुको बेलायत तथा अमेरिकाको भिषा लगाएर उतै कुद्न थालेको हल्ला चल्न थालेको छ । उक्त सहकारीका एकाउन्टेन अहिले अष्टेलियामा छन् । सुमेरु गु्रपबाट जनताको पैसा फिर्ता हुने सम्भावना टर्न थालेको बचतकर्ताहरुले नै बताउन थालेका छन् । सुमेरु हस्पिटल, कलेज पनि बैकले लिलाम गर्ने अवस्थामा पुगेको पाइएको छ । सरकारले समयमै नियन्त्रणमा नलिने हो भने सबै बोर्ड सदस्यहरु विदेश भाग्ने खतरा बढेको स्रोतले बतायो । अहिले सो सहकारीका केन्द्रिय कार्यालय सहित ४ वटै शाखा बन्द अवस्थामा छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.