Advertisement

शिक्षकहरूको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्छ:अध्यक्ष नेपाल

0 12

Advertisement

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् । मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताएका हुन् । 

उनले भने, ‘हाम्रा पनि मन्त्रीहरू हुनुहुन्छ । गठबन्धन दलमा हामी पनि सामेल छौँ । केन्द्रमा पनि हामी छौँ । अब बिस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागी हुन गइरहेका छौँ । त्यस अर्थमा प्रदेशमा पनि र केन्द्रमा पनि हाम्रो भूमिका रहनेछ । पालिकामा जहाँ हाम्रो पार्टी संगठन छ, उहाँहरूको सहयोग लिएर, उहाँहरूसँग समन्वय गरेर गरेर काम गर्नुपर्छ । शिक्षक संगठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा तपाईंहरू अगाडी बढ्नुहोस् ।’

अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्त्व दिनुपर्ने बताए । उनले शिक्षकहरूको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताए । उनले कुनै पनि बालबालिकाहरूलाई विद्यालय बाहिर राख्नु नहुने बताए ।  सबैले कम्तीमा कक्षा १२ सम्म पढ्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.