Advertisement

मोटरसाइकलको ठक्करबाट मकवानपुरमा पैदलयात्रीको मृत्यु

0 41

Advertisement

१५ चैत, मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौँडा अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.