Advertisement

एमजी जेड एसयुभीको लागि प्रि-बुकिङ खुल्ला, वैशाखबाट डेलिभरी

0 33

Advertisement

१५ चैत, काठमाडाैं । एमजी भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयुभी एमजी जेड एसयुभीको लागि प्रि–बुकिङ खुल्ला गरेको छ।

यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्रि क्षमता रहेको कम्पनीले जनाएको छ।

आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रिले सिङल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ। यस एसयुभिको ब्याट्रि लाइफ भने ८ वर्षको रहेको छ।

सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपि, इएबि, एचडिसि, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डिएबि रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ।

दुई वटा भेरीयन्टमा उपलब्ध यस एसयुभिको कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरियन्ट्को मुल्य ५२ लाख ४९ हजार राखिएको छ। वैशाखबाट उपभोक्ताहरुलाई डेलिभरी गर्न शुरु गरिने भनिएको यस एसयुभीलाई १ लाख डिपोजिट तिरेर प्रि–अर्डर अथवा बुक गर्न सकिनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.