Advertisement

नेपाल एसबिआई बैंकको बोनस सुचीकृत

0 35

Advertisement

१२ चैत, काठमाडाैं । नेपाल एसबिआई बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको चुक्ता पुँजीको ३ प्रतिशत बोनस आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचीकृत भएको हो ।

जसअनुसार बैंकको २९ लाख ४७ हजार ७५५ दशमलव ७३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित प्रतिशत नगद वितरण गरेको थियो । पुस २५ गते सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट पारित भएको ७.५३ प्रतिशत नगद लाभांश भने यसअघि नै करकट्टी गरी वितरण भैसकेको छ ।

आइतबार नेप्सेमा सूचीकृत भएको उक्त बोनस सेयर बैंकको साधारण सभाको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहेका सम्बन्धीत सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

साधारण सभाका लागि बैंकले २०७९ पुस १३ गते बुकक्लोज गरेकाले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.