Advertisement

गोलरक्षकमाथि आक्रमण गर्ने समर्थकलाई ४० वर्षको प्रतिबन्ध

0 14

Advertisement

०७ चैत, काठमाडौं । डच क्लब पीएसभी इन्डहोभेनले एक समर्थकलाई ४० वर्षको प्रतिबन्ध लगाएको छ। युरोपा लिगका दौरान स्पेनिस क्लब सेभियाका गोलरक्षक मार्को दिमित्रोभिकमाथि आक्रमण गरेको आरोपमा पीएसभीले एक समर्थकलाई आफ्नो स्टेडियम प्रवेशमा ४० वर्षको प्रतिबन्ध लगाएको हो।

फ्रेबुअरीको अन्त्यमा राउन्ड अफ ३२ को प्लेअफको दोस्रो लेगअन्तर्गत खेलको अन्त्यतिर २० वर्षीय एक युवकले गोलरक्षक दिमित्रोभिकको नजिक गएर उनलाई मुक्का हानेर लडाएका थिए। त्यसपछि गोलरक्षक दिमित्रोभिचले ती युवकलाई मैदानमा सुताएर छाडेका थिए।

गोलरक्षक दिमित्रोभिचलाई आक्रमण गर्ने ती युवालाई यसअघि पनि राष्ट्रिय रंगशालामा प्रतिबन्ध लगाइएको खुलेको छ। ती युवाले ३ महिनाको जेल सजाय समेत भोगिसकेका जनाइएको छ। त्यस दिन उनी आफ्ना १ साथीको टिकट प्रयोग गरेर पीएसभी इन्डहोभेन र सेभियाबीचको खेल हेर्न पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उक्त खेलमा सेभिया २–० गोलले पराजित भएको थियो। तर समग्रमा पीएसभीसँग ३–४ को जितसँगै सेभिया अन्तिम १६ मा पुगेको थियो।

प्रि–क्वाटरफाइनलमा टर्किस क्लब फेनरवाचलाई समग्रमा २–१ ले पराजित गर्दै सेभिया क्वाटरफाइनलमा पुगिसकेको छ। सेभियाले क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.