Advertisement

सभामुखको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, आरोप पुष्टि गर्न चुनौती

0 35

Advertisement

०४ चैत, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दिएको विवादित अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सभामुखको अभिव्यक्तिले सम्पूर्ण सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको बताएका छन्।

सभामुख घिमिरेले शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल बधाई ज्ञापन र संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न सभामुख घिमिरेलाई भेट्न गएको थियो। भेटघाटका क्रममा सभामुख घिमिरेले पत्रकार र महासंघ बिक्रीमा रहेको बताएका थिए।

सभामुखको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालदेखि सबैतिर आलोचना भइरहेको छ। ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ,’ महासंघले भनेको छ।

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको विज्ञप्तिमा भनिएको छ। सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक आधिकारिक धारणा नआएको विज्ञप्तिमा बताइएको छ। साथै महासंघले सभामुख घिमिरेले लगाएको आरोप पुष्टि गर्न चुनौतीसमेत दिएको छ।

FNJ1679130217.jpg



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.