Advertisement

गठबन्धन ५ वर्षसम्म एकीकृत सोचका साथअघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा

0 14

Advertisement

३० फागुन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धन आगामी पाँच वर्ष एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसद्लाई विघटित नहुने गरी गठबन्धन दलहरू एकीकृत रूपमा अघि बढ्नुपर्ने बताए ।

उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने बताए ।

‘नागरिकमा रहेको वितृष्णालाई हल गर्ने कुरामा हामीले विगतमा भन्दा फरक दृष्टिकोणका साथ जानुपर्छ,’ उनले भने, ‘नागरिकलाई राष्ट्रपति को भन्नुभयो, को प्रधानमन्त्री बन्नुभयो । कांग्रेसले को कोलाई मन्त्री बनायो भन्ने कुरा कम सरोकारको विषय बन्छ ।’

अहिले राजनीतिमा वितृष्णा, अर्थतन्त्रका समस्या, व्यवसायीको पीडालगायत समस्या समाधानमा सरकारले जोड दिनुपर्ने उनको भनाइ छ । शर्माले भने, ‘अर्थतन्त्रमा अहिले केही सकारात्मक संकेत देखिएका छन् । त्यसलाई कसरी आशा र विश्वास जगाएर जाने भन्नेमा सन्दर्भमा राष्ट्रले सिंगो रुपमा सोच्नुपर्छ ।’

बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको शर्माले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.