Advertisement

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न

0 14

Advertisement

२८ फागुन, काठमाडाैं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आज बिहान सेयर बाँडफाँड भएको हो ।

बाँडफाँडमा १६ हजार ९७६ जनाले सेयर हात पारेका छन् । उच्च आवेदनका कारण गोलाप्रथाबाट १६ हजार ९७६ जनालाई १० कित्ताका दरले १ लाख ६९ हजार ७६० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता सेयर गोलाप्रथाबाट सेयर पाउने (१६ हजार ९७६ जना) मध्येबाट पुनः पाँच जनालाई थप १।१ कित्ता बाँडफाँड गरिएको हो । यसअनुसार ५ जनाले ११ कित्ताका दरले ५५ कित्ता र १६ हजार ९७१ जनाले १० कित्ताका दरले १ लाख ६९ हजार ७१० कित्ता सेयर हात पारेका हुन् ।

दुई हजार २०३ आवेदन रद्द

लघुवित्तको आईपीओ खरिदका लागि आवेदन दिएकामध्ये २ हजार २०३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
आईपीओ खरिदका लागि कुल १५ लाख ३८ हजार ४६६ वटा आवेदन परेकोमा १५ लाख ३६ हजार २६३ वटा आवेदन मात्र बाँडफाँडका लागि योग्य सदर भएको थियो । सदर आवेदकको १.१० प्रतिशतले मात्र सेयर हात पारेका छन् ।

आईपीओ खरिदका लागि माग संख्याको तुलनामा ९९.०४ गुणा बढी माग परेको हो । कर्मचारी, सामुहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्टाएर कम्पनीले सर्वाधारणबाट १ लाख ६९ हजार ७६५ कित्ताका लागि दरखास्त माग गरेको थियो । आईपीओ खरिदका लागि १ करोड ६८ लाख १३ लाख १८० कित्ताको लागि आवेदन परेको हो । जसमध्ये २७ हजार १५० कित्ताके आवेदन रद्द भई १ करोड ६७ लाख ८६ लाख ३० कित्ताको माग सदर भएको थियो ।

कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सेयर बिक्री खुला गरेको थियो । कम्पनीले कर्मचारीहरुको लागि ३ हजार ११७ कित्ता, सामुहिक लगानी कोषहरुलाई लागि १० हजार १७० कित्तासेयर पनि बाँडफाँड गरेको छ । कुल २ लाख ३ हजार ३८० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको कम्पनीले सोभन्दा अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २० हजार ३३८ कित्ता सेयर निष्कासन गरि बाँडफाँड गरेको छ ।

बाँकी १ लाख ६९ हजार ७५५ कित्ता सेयरको लागि आम सर्वसाधारणको लागि निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड भएको कित्तामध्ये १० कित्ता सेयर वैदेशिक रोजगारीमा नगएका व्यक्ति परेपछि १० कित्ता सेयर आम सर्वसाधारणतर्फ थप गरी बाँडफाँड गरिएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.