Advertisement

ब्याजदर घटाउने निर्णयसँगै नेप्सेमा ५० अंकको वृद्धि

0 44

Advertisement

२५ फागुन, काठमाडौं । बचत निक्षेप र कर्जाको ब्याजदरमा प्रिमियम घटाउने बैंकर्स संघको निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से साढे २ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा २ हजार अंकको बिन्दुबाट माथि लागेको छ ।

बिहीबार नेप्से ५०.०४ अंकले वृद्धि हुँदा २००२.७० अंकमा बन्द भएको छ । बिहीबार हाइड्रोपावर उपसूचक सर्वाधिक ३.५९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी लगानी र जीवन बीमा उपसूचक ३ प्रतिशत माथिले वृद्धि भएको छ । त्यस्तै विकास बैंक, लघुवित्त र निर्जीवन बीमा उपसूचक पनि करिब ३ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ । ३८ हजार १३१ वटा कारोबारमा ४५ लाख ६६ हजार ४३ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ५६ करोड ५६ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ८६ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख र अरुण काबेली पावरको ४ करोड ७६ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा २१८ कम्पनीको सेयर कारोबार भएकोमा २१३ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २ कम्पनीको सेयरमूल्य भने स्थिर छ । जसमध्ये शुभम् पावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नेपाल इन्स्योरेन्सको सेयरमूल्य ९.४४ प्रतिशत र शिवश्री हाइड्रोपावरको सेयरमूल्य ८.५२ प्रतिशतले बढेको छ । यता सबैको लघुवित्तको सेयरमूल्य १.५८ प्रतिशतले गिरावट हुँदा स्वाभिमान माइक्रोफाइनान्सको सेयरमूल्य १.४५ प्रतिशत र गुराँस लघुवित्तको सेयरमूल्य ०.४१ प्रतिशतले घटेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.