Advertisement

नेपालमै पहिलोपटक महिला स्वास्थ्य सम्मेलन

0 65

Advertisement

२५ फागुन, काठमाडौं । नेपालमै पहिलोपटक दुई दिने महिला स्वास्थ्य सम्मेलन सुरू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र अन्य साझेदार निकायहरूको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो।

महिला स्वास्थ्यको विषयमा नीति निर्माता र कार्यक्रम कार्यान्वयनकर्ताहरू बिचको साझेदारी र सहकार्यलाई सबल पार्ने र प्राथमिकतामा राख्नुपर्ने महिला स्वास्थ्यका विषयहरू पहिचान गरी नीति निर्माणमा पहल गर्ने सम्मेलनको मुख्य उदेश्य रहेको परिवार कल्याण महाशाखाका डा विवेक कुमार लालले बताए।

कार्यक्रममा सन्चारमन्त्री रेखा शर्मा, स्वास्थ्य सचिव डा रोशन पोखरेल, पूर्वस्वास्थ्य सचिव डा सुधा शर्मा लगायत महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने सरोकारवालाहरूको उपस्थिति रहेको छ। कार्यक्रममा महिला स्वास्थ्यका विभिन्न आयामहरूको विषयमा छलफल र अन्तरक्रिया हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.