Advertisement

त्रिपुराका मुख्यमन्त्री साहाले शपथ लिँदै, मोदी पनि उपस्थित हुने

0 16

Advertisement

२४ फागुन, काठमाडौं । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री माणिक साहाले बुधबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। उनले दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीको शपथ लिन लागेका हुन्।

हालै सम्पन्न विधान सभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट उनी निर्वाचित भएका थिए। सोमबार बसेको भाजपा विधायक दलको बैठकले साहालाई पुन: मुख्यमन्त्री बनाउने सहमति गरेको थियो।

साहाले सोमबार साँझै राज्यपाल सत्यदेव नारायण आर्यसमक्ष त्रिपुरा सरकारको नेतृत्वमा दाबी पेस गरेका थिए। त्यसपछि उनलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो।

भारतको पूर्वोत्तर राज्य त्रिपुरामा हुने शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डाको समेत उपस्थिति रहनेछ।

त्रिपुरामा भाजपाले बहुमत हासिल गरेको छ। विधान सभा निर्वाचनमा भाजपाले ३२ सिट जितेको छ। टिपरा मोथा पार्टी १३ सिटसहित दोस्रो बनेको छ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)ले ११ सिट जितेको छ। कांग्रेसले भने जम्मा ३ सिट जितेको छ। ६० सदस्यीय त्रिपुरा विधानसभामा बहुमतका लागि ३१ सिट आवश्यक पर्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.