Advertisement

स्ववियु निर्वाचनमा भाग लिन आज क्याम्पसहरुमा संगठन दर्ता गर्नुपर्ने

0 38

Advertisement

१९ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि विद्यार्थी संगठनहरूले आज शुक्रबार आफ्नो संगठन दर्ता गराउँदै छन्।

निर्वाचनमा सहभागी हुन चाहने विद्यार्थी संगठनहरुले शुक्रबार बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म क्याम्पसहरुमा आ–आफ्नो संगठन दर्ता गराउनुपर्ने कार्यतालिका छन्। त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार शुक्रबार दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र स्ववियु चुनावमा भाग लिन पाउनेछन्।

निर्वाचन कार्यतालिका यसअघि नै प्रकाशित भइसकेको छ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ। चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ।

त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनहरुले तयारी तीव्र पारेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.