Advertisement

संवैधानिक परिषद्‌सम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्ने तयारीमा सरकार

0 23

Advertisement

१२ फागुन, काठमाडौं । सरकारले संवैधानिक परिषद्‌सम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्‌बाट विधेयकको मस्यौदा पास भइसकेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकलेसंवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्ने विधेयकको मस्यौदा पास गर्दै संसद्‌मा दर्ता गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले जानकारी दिए।

संवैधानिक निकायहरुमा आफूअनुकूल नियुक्ति गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको विवादास्पद अध्यादेश (पछि संसद्‌मा दर्ता भएको विधेयक) सरकारले केही दिन अगाडि मात्रै फिर्ता गरेको थियो। राष्ट्रिय सभामा रहेको उक्त विधेयक ४ फागुनको मन्त्रिपरिषद्‌ निर्णयबाट फिर्ता भइसकेको छ।

सरकारले पुराना विधेयकका केही प्रावधानहरु हटाएर नयाँ तथा ओलीले ल्याएको अध्यादेश अधि प्रचलित ऐनमा रहेका प्रावधानलाई समेटेर विधेयक तयार गरिएको छ। नयाँ विधेयकमा संवैधानिक परिषद्‌को पहिलो बैठकमा सबै ६ जना सदस्य (प्रधानमन्त्री (अध्यक्ष), प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दलको नेता र उपसभामुख)को उपस्थित हुनुपर्ने व्यवस्था समेटिएको छ।

कुनै सदस्यको पद रिक्त भए अध्यक्षसहित तत्काल कायम सबै सदस्यहरुको बैठक बस्न सक्ने व्यवस्था विधेयकमा छ। कुनै निर्णयका लागि भने बहुमत, परिषद्‌का ४ जनाको सहमतिमा निर्णय लिन सकिने व्यवस्था विधेयकमा छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.