Advertisement

प्रहरी र सेनामा भर्ना हुनेका लागि तयारी कक्षा चलाउँदै बडिमालिका नगरपालिका

0 41

Advertisement

०५ फागुन, बाजुरा । नेपाल प्रहरी र नेपाली सेनामा भर्ना हुन चाहने युवाका लागि बडिमालिका नगरपालिकाले आधारभूत तालिम दिने भएको छ।

जिल्लामा रहेका सेना र प्रहरी कार्यालयसँग समन्वय गरेर तयारी कक्षा सञ्चालन गर्न लागिएको नगर प्रमुख अमर खड्काले जानकारी दिए।

‘युवाहरुको रुचि भएको क्षेत्रमा अघि बढ्न पालिकाले सघाउने नीति अन्तर्गत प्रहरी र सेनामा भर्ना हुन तयारी कक्षा सञ्चालन गर्दैछौं। त्यसका लागि ईच्छुकलाई आवेदन दिन भनेका छौं,’ उनले भने।

नगरपालिकाले विस्तारै लोक सेवाको तयारीका लागि र अन्य प्राविधिक शिक्षाका लागिसमेत तयारी कक्षा सञ्चालन गर्दै जाने उनको भनाइ छ।

अहिले प्रहरी र सेनामा भर्ना हुन चाहने पालिकाभित्रका युवाबाट दरखास्त मागिएको छ। उनीहरुमध्ये न्यूनतम मापदण्ड पूरा गर्नेहरु तालिमका लागि छनोट हुनेछन्।

331409719_1331202537448667_7648500581454946291_n1676618253.png



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.