Advertisement

खाद्यान्न निर्यात गर्ने हामी सकारात्मक शक्ति पहिचान नगर्दा परनिर्भर हुनुपरेको छ : प्रधानमन्त्री

0 46

Advertisement

०१ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो आत्मनिर्भर नेपालीहरू अहिले आफूसँग भएको सकारात्मक शक्ति पहिचान नगर्दा परनिर्भर हुनुपरेको बताएका छन् । खाद्यान्नमा आत्मनिर्भर भएर निर्यात समेत गरेका हामी निराश हुनुपर्ने अवस्था नभएको उनले बताएका हुन ।

प्रधानमन्त्री दाहालले गतवर्ष श्रीलंका जस्तै हुनलाग्यो भने पनि अहिले त्यस्तो अवस्था नरहेको बताए । अर्थतन्त्रको समस्या समाधान गर्नु जीवन मरणको लडाइँ रहेको बताउँदै उनले भने,“आफू नेतृत्वको सरकारले अर्थतन्त्रको सुधारलाई प्रमुख एजेण्डा बनाएको छ ।”

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेका नेपाली अर्थतन्त्रको अबको बाटो विषयक कन्फरेन्स तथा सेजन अवार्ड २०७९ कार्यक्रममा बोल्दै उनले भने,“निर्वाचन अभियान चलाउँदा पनि अबको समय आर्थिक उन्नति र विकास नै हो भनेको थिएँ । त्यसका निम्ति सुशासन अपरिहार्य छ ।”

उनले समाजिक न्याय सुशासन र समृद्धिको बाटोमा देशलाई डोर्याउने अभिभारा रहेको भन्दै जनतासँग गरेको बाचा संकल्प निष्ठापूर्वक अघि सारेको बताए । उनले नेपाली अर्थतन्त्रलाई सुधार्ने कुरा सजिलो नभएको भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय चुनौतीहरूको समाना गर्नु परेको बताए । पछिल्लो दुई महिना अर्थतन्त्रमा सुधार देखिएका छ तर यो स्थायी खालको नभएको उनको स्वीकारोक्ति रहेको थियो ।

उनले अबको आर्थिक विकासलाई लागि कृषिलाई नै प्राथमिकतामा राख्नुपर्ने बताए । त्यसैगरी प्रधानमन्त्रीले आर्थिक विधेयकलाई उच्च प्राथमिकतामा राखेको बताए । देशलाई आर्थिक निकास दिन विधेयकलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । उनले आर्थिक विकासको लागि कृषिलाई प्राथमिकता दिनु पर्ने बताए । दाहालले सरकारको न्यनतम साझा कार्यक्रममा पनि अब मुलुकले लिनुपर्ने बाटोको बिषय उल्लेख गरेको बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.