Advertisement

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

0 22

Advertisement

२४ माघ, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधुमेह (सुगर)का बिरामीलाई लक्षित गरी निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ।

अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामीलक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो।

नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा कार्यक्रम हुनेछ।

दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ।

सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन्।

नर्भिक अस्पतालले बेला बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। अस्पतालले लामो समयदेखि प्रत्येक शनिबार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा समेत सञ्चालन गर्दै आएको छ।

विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.