Advertisement

ट्वीटर विरुद्ध मुद्दा दायर गर्नेको सङ्ख्या बढ्दै

0 18

Advertisement

२२ माघ, काठमाडाैं । सामाजिक सञ्जाल ट्वीटर विरुद्ध मुद्दा दायर गर्ने कर्मचारीहरुको सङ्ख्या बढ्दै गएको छ ।

सन् २०२२ मा एलन मक्सले ट्वीटर अधिग्रहण गरेपछि ८ हजार बढी कर्मचारीहरुलाई बर्खास्त गरेका थिए । कुनै पूर्व जानकारी बिना नै कामबाट निकालिएको र कामबाट निकाल्दा क्षतिपूर्ति स्वरुप दिने भनिएको रकममा कमी आएपछि कर्मचारीहरुले ट्वीटर विरुद्ध मुद्दा चलाएका हुन् ।

बिबिसीका अनुसार ट्वीटर विरुद्ध मुद्दा हाल्ने कर्मचारीहरु १०० भन्दा बढी रहेको र एकीकृत रुपमा उनीहरुले मुद्दा दायर गरेका छन् । बिबिसी वल्र्ड सर्भिसको टेक टेन्ट कार्यक्रममा ट्वीटर डेभलपर प्लाटफर्मका प्रोडक्ट प्रमुख आमिर सेभातले ट्वीटरमा एलन मक्सले राम्रो नेतृत्व गर्न नसकेको बताएका छन् ।

१५० जना स्टाफको विभाग सम्हालिरहेका उनी र उनको विभागमा काम गरिरहेका कर्मचारीहरुलाई कुनै पूर्व जानकारी र सल्लाह बिना नै कामबाट निकालिएको उनले बताएका छन् । यस्तै रोजगारी सम्झौता पत्रमा कम्पनीबाट निकालिएको अवस्थामा ४ महिनाको तलब बराबरको रकम दिने सर्त भएता पनि ट्वीटरले बिना स्पष्टीकरण मात्रै एक महिनाको तलब दिएको कर्मचारीहरुको गुनासो रहेको छ ।

कर्मचारी कटौती गर्ने समयमा एलन मक्सले कम्पनी टाट पल्टिने अवस्थामा छिट्टै पुग्ने जनाएका थिए । तथापि ८ हजार बढी कर्मचारी कटौती पछि कम्पनी राम्रो दिशा तर्फ निर्देशित रहेको उनले बताउँदै आएका छन् ।

ट्वीटर विरुद्ध पहिलो मुद्दा घानाको ट्वीटर कार्यालयमा कार्यरत कर्मचारीहरुबाट दायर भएको थियो । त्यस लगत्तै अरु कर्मचारीहरुले पनि ट्वीटर विरुद्ध मुद्दा गर्दै आएका छन् ।

एलन मक्सले ट्वीटर अधिग्रहण गरे लगत्तै उनले ८ हजार कर्मचारी हटाएका थिए । यस्तै उनले ट्वीटरको विज्ञापन नीतिलाई पनि परिवर्तन गरेका थिए ।

विज्ञापनमा निर्भर रहेको ट्वीटरको आम्दानीलाई उनले कटौती गर्दै विज्ञापनको सङ्ख्यामा कमी गर्ने र ब्लु टिक प्रयोगकर्ताहरुबाट मासिक ८ डलर देखि ११ डलर सम्म शुल्क लिने नीति बनाएका छन् ।

मक्सले गरेका परिवर्तनकै कारण ट्वीटरको आम्दानी निरन्तर घट्दो क्रममा गइरहेको छ भने एलनलाई ट्वीटर अधिग्रहणमा सघाएका विभिन्न संस्थागत सेयरधनीहरु असन्तुष्ट रहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.