Advertisement

आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने ट्यांकर चालकहरूको माग

0 39

Advertisement

१३ माघ, काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले चालकहरूले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग राखेको छ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्यांकर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरूले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने बताए।

उनले सँधै परनिर्भर हुनुभन्दा आफूहरूको भविष्यका लागि आत्मनिर्भर हनुपर्ने भएकाले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने आफूहरूको माग रहेको बताए।

लामाले देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरू रहेको उल्लेख गर्दै उनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। अध्यक्ष लामाले एकपटक चालकहरूका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे। उनले आफूहरूको माग सुनुवाइ नभएमा ३० दिनभित्र ट्यांकरको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने चेतावनी दिए।

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्यांकर चालकहरूको माग सम्बोधन गर्नका लागि विद्यमान ऐन, कानुनहरूमा संशोधन गर्न आवश्यक रहेको बताए। उनले विनियमावलीमा भएका केही व्यवस्थाहरू समेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै काठमाडौं १० बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद राजन केसीले ट्यांकर चालकहरूको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताए। उनले ट्यांकर चालकहरूको पेशा मर्यादित पेशा भएको भन्दै आफूमा हिनताबोध नराखी काम गर्न चालकहरूलाई आग्रह गरे।

कार्यक्रममा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र बिहार ट््याङ्कर चालक उपचालक संघका बीचमा आपसी सहयोग आदान–प्रदान गर्नेगरी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

समझदारीपत्रमा नेपालको तर्फबाट अध्यक्ष ईश्वर लामा र बिहारको तर्फबाट अध्यक्ष चन्द्रप्रकाश सिंहले हस्ताक्षर गरेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.