Advertisement

प्राधिकरणको निर्देशनलाई लत्याउँदै अटेरी बीमा कम्पनी

0 25

Advertisement

१३ माघ, काठमाडाैं । नेपाल बीमा प्राधिकरणको निर्देशनलाई लत्याउँदै केही बीमा कम्पनीहरुले चुक्ता पुँजी पुर्याउने प्रक्रियामा आनाकानी गरी रहेका छन् । प्रभु इन्स्योरेन्स कम्पनी, एलएलजी इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी जुटाउने प्रक्रियामा आनाकानी गरेका छन् ।

प्राधिकरणले जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको छ । कम्पनीहरुले आगामी चैतमसान्तसम्ममा पुँजी कायम गरि सक्नुपर्नेछ । तर, सो कम्पनीहरुले भने पुँजी कायम गर्नका लागि कुनै पनि प्रक्रिया अगाडी नबढाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पुँजी कायम गर्नका लागि मर्जर, बोनश शेयर तथा पुँजी थप गर्न सक्ने विकल्प दिएको छ । त्यस्तै, क्रस होल्डिङ्ग भएका कम्पनीलाई अनिवार्य रुपमा मर्जरमा जान भनेको छ । यद्यपी कम्पनीहरुले मर्जरको प्रक्रिया समेत अगाडी बढाएका छैनन् ।

प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्स कम्पनी, पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनी बिच क्रस होल्डिङ्ग छ । नेपाल इन्स्योरेन्समा चन्द्र ढकाल समुहको २१ प्रतिशत लगानी छ भने प्रुडेन्सियल इन्स्योरेन्समा मुख्य लगानी भएको विशाल समूहको १२ प्रतिशत लगानी छ ।

त्यस्तै, आईएमई जनरल इन्स्योरेन्स कम्पनीमा आईएमई समूहको मुख्य लगानी रहेको छ । लगानीको आधारमा नेपाल इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्समा चन्द्र ढकाल समुहको क्रस होल्डिङ्ग छ भने नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा विशाल समुहको क्रस होल्डिङ्ग छ ।

प्राधिकरणले एकै किसिमका दुइ वा दुई भन्दा बढी बीमा कम्पनीमा एक प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने व्यवस्था गरेको छ । एकै खालका कम्पनीमा एउटै लगानीकर्ता सहभागी हुँदा स्वार्थ बाझिने हुँदा प्राधिकरणले क्रस होल्डिङ्ग भएका कम्पनीलाई अनिवार्य रुपमा मर्जरमा जान भनेको छ ।

तर, मर्जरको प्रक्रियामा अगाडी नबढाए पछि नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई प्राधिकरणले पटक पटक बोलाएर प्रष्टीकरण लिएको छ । यद्यपी कम्पनीहरु कुनै पनि निर्णयमा नपुगेको प्राधिकरणको भनाई छ ।

त्यस्तै, अजोड इन्स्योरेन्ससँग मर्जरको सहमती गरेर पनि तोडेको प्रभु इन्स्योरेन्स पनि अर्को प्रक्रिया अगाडी बढाएको छैन । साथै एनलएलजी इन्स्योरेन्सले पनि पुँजी प्रक्रियामा आनाकानी गरेको छ । प्राधिकरणले भने एनएलजीको माउ कम्पनी नेशनल लाइफ इन्स्योरेन्स पुँजी थप गर्ने निर्णय गरेको बताईरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.