Advertisement

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्दै तोड्यो सबै रेकर्ड

0 48

Advertisement

१० माघ, काठमाडाैं । सुनको मूल्य मंगलबार प्रतितोला १ हजार रुपैयाँले बढेर हालसम्म कायम भएको सबै रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ हजारले बढेर प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको हो । या भाउ हालसम्मकै उच्च हो ।

आज कायम भएको भाउ यसअघिको रेकर्डभन्दा ८०० रुपैयाँ महङ्गो हो । यसअघि २०७८ फागुन २५ गते हालसम्मकै उच्च भाउमा सुन किनबेच भएको थियो । उक्त दिन छापावाल सुन १ लाख ५ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । सोमबार प्रतितोला ३०० रुपैयाँले बढेर छापावाल सुन १ लाख ५ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भएको छ । हिजो सोमबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १९३२ तथा चाँदी २३.५४ डलर हाराहरीमा कारोबार भैरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.