Advertisement

टिकटकमार्फत् लाखौंको जुवा खेलाएको आरोपमा ललितपुरबाट १ जना पक्राउ

0 26

Advertisement

०५ माघ, काठमाडौं । सर्ट फर्म भिडियो होस्टिङ एप ‘टिकटक’मार्फत् लाखौं रुपैयाँको जुवा खेलाएको आरोपमा प्रहरीले ललितपुरबाट १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका– ५ घर भइ ललितपुरको हरिसिद्धी बस्दै आएका ३५ वर्षीय हरिसचन्द्र मल्ल छन्। प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई ललितपुरको हरिसिद्धीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले टिकटकमा ‘क्विक क्यास’ नामक युजर आईडी खोलेर जुवा खेलाउने गरेका थिए। मल्लले टिकटक लाइभमा बसेर जुवा खेलाइ विभिन्न ई–सेवा आइडीमा रकम जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनले १५ दिनको अवधिमा मात्रै टिकटकमार्फत् जुवा खेलाएर ८ लाख ५३ हजार ३३१ रुपैयाँ बराबरको ‘कारोबार’ गरेको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मल्ललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.