Advertisement

अस्पताल पुगेर उपराष्ट्रपतिले भेटे माओवादी उपमहासचिव पुनलाई

0 48

Advertisement

०४ माघ, काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको अवस्था सामान्य बन्दै गएको छ।

यसैबीच उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अस्पताल पुगेका छन्। ललितपुरस्थित सुमेरु अस्पतालमा पुगेर उपराष्ट्रपतिले बिरामी पुनलाई भेटेका हुन्।

उपराष्ट्रपतिलाई उपमहासचिव पुनले आफ्नो स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका छन्। गत बिहीबार अकस्मात स्वास्थमा समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरबाट आकस्मिक उद्धार गरी काठमाडौं ल्याइएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.