Advertisement

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, अघिल्लो आवको तुलनामा घट्यो

0 58

Advertisement

२८ पुस, काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको पुस २७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट कम्पनीले १९ प्रतिशत बोनस र कर सहित ६ प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीले ३.९४७४ प्रतिशत बिन्दुले कम हो ।

हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार ८६२ रुपैयाँ रहेको छ । प्रस्तावित १६ करोड ८३ लाख २५ हजार ५०० रुपेयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १अर्ब २९ करोड ४ लाख ९६ हजार रुपैयाँ पुग्नेछ । त्यस्तै कम्पनीले कर प्रयोजनका लागि ६ करोड ७९ लाख २० हजार रुपैयाँ नगद बाँड्नेछ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.