Advertisement

मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनको बैठक बस्दै

0 51

Advertisement

१८ पुस, काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्ण रुपमा मन्त्रिपरिषद् विस्तार गरेका छैनन्।

पुस २६ गते विश्वासको मत पाएसँगै अब प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा रहेका छन्। सोही विषयमा छलफल गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो।

मन्त्रिपरिषद्‌मा विस्तारमा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दलहरुमा मन्त्रालयको भागबण्डा पनि आजैको बैठकले टुंगो लगाउने तयारी गरिएको छ। साथै अन्य नियुक्तिका विषयमा पनि छलफल हुनेछ।

बुधबार साँझ मात्र प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गरेका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.