Advertisement

विश्वासको मत नदिने भन्दै चित्रबहादुर केसीले भने– प्रतिपक्षविहीन हुने दृश्य डरलाग्दो छ

0 44

Advertisement

२६ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले सरकारलाई सर्मथन नदिने भएका छन्।

प्रतिनिधि सभामा विश्वासको मत दिने वा नदिने बारेमा मंगलबार आफ्नो धाराण राख्दै उनले आफू प्रतिपक्षमा बस्ने बताउँदै यो सरकार लामो समय नजाने पनि संकेत गरे।

सरकार बनाउने फेरिस्ता विगतमा पनि सुनेको र अहिले पनि सुनेको भन्दै यो हरेक प्रधानमन्त्रीले सुनाउने गरेको तर, कार्यान्वयनको समस्या रहेको टिप्पणी गरे।

‘भएभरका सबैले सर्मथन गर्ने कुरा यहाँ सुनियो। यो कस्तो किसिमको सर्मथन हो मैले बुझ्न सकेको छैन’, उनले भने, ‘प्रतिपक्ष पनि सत्ता पक्षमा सामेल नहुँदा मन्द रहेको सत्ता गठबन्धनको स्वर एकाएक अर्कै भएको छ।’

उनले संसद्‌मा प्रतिपक्ष हुन्छ भन्ने आफूले बुझेको भन्दै प्रतिपक्ष नहुँदा सरकार निरंकुश बन्ने उल्लेख गरे। ‘विगतमा भएका आफ्ना गल्ती ढाक्ने अनि त्यहीँभित्र लडेर फेरि सत्तामा आउने दाउ त हैन?’ उनले भने, ‘यसरी चल्छ? जुन दृश्य आज देखियो यो डरलाग्दो हो।’

प्रधानमन्त्रीको कार्यक्रम कर्णप्रिय रहेको तर कार्यान्वयन कसरी हुन्छ भन्ने प्रश्न रहेको उनले बताए। ‘चार, ६ महिनामा वा २ वर्षमा अविश्वासको प्रस्ताव राख्न पाइँदैन तर दिएको सर्मथन थुत्न त समय लाग्दैन’, उनले भने।

केसीले जतिबेला पनि संसद् भत्काउन पाइन्छ भनेर पूर्वप्रधानमन्त्रीहरुको दोहोरी सुनेको बताए। उनले पहिला चुनावमा खल्तीमा पैसा बोकेर जाँदा पनि पुग्ने गरेको तर, अहिले बोरामा लगेर खर्च गर्ने अवस्था आएको चिन्ता व्यक्त गरे।

केसीले सबले सर्मथन गरेपनि आफू भने विपक्षमै बस्ने जानकारी गराए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.