Advertisement

२८ सय थान इन्डक्सन निःशुल्क दिइँदै, ८ हजार थान बाँड्ने योजनामा एइपीसी

0 54

Advertisement

१९ पुस, काठमाडाैं । वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले अहिले २ हजार ८ सय थान इन्डक्सन चुलो निशुल्क वितरण गरिरहेको छ भने थप ५५ सय थान पनि बाँड्ने भएको छ ।

दुर्गम जिल्लाबाट काठमाडौँमा अध्ययनका लागि बसोबास गरेका विद्यार्थीलाई निशुल्क विद्युतीय चुलो वितरण थालेको छ । गत असार मसान्त भित्रै वितरण सक्ने गरी केन्द्रले गत माघमै इन्डक्नका लागि त्यस्ता विद्यार्थीलाई आवेदन माग गरेको थियो । आपूर्ति कर्ता कम्पनीले गुणस्तरहीन चुलो ल्याएपछि निशुल्क चुलो वितरण अवरुद्ध भएको थियो ।

अतिदुर्गम र दुर्गमका विद्यार्थीलाई लक्षित गर्दै ८ हजार ३ सय थान विद्युतीय चुलो वितरण गर्ने भनिएकामा सो क्षेत्रका २ हजार ८६५ आवेदनमात्र योग्य भएकाले केन्द्रले अहिले ती विद्यार्थीलाई मात्र इन्डक्सन दिन थालेको हो ।

केन्द्रले सबै आवेदकलाई नै दिने गरी विद्युतीय चुलो खरिद गरेको थियो । तर हाललाई कार्यक्रमको कार्यविधि अनुसार नै क र ख बर्गका क्षेत्रका विद्यार्थीलाई मात्र २ हजार ८ सय ६५ जना लाई यस्तो चुलो वितरण गर्न लागिएको केन्द्रले जनाएको छ । बाँकी रहेको इन्डक्सन स्थानीय निकायसँगको लागत साझेदारीको कार्यक्रम अन्तरगत वितरण गर्ने केन्द्रको तयारी छ ।

गत आर्थिक वर्षमा इन्डक्सन वितरणका दुई कार्यक्रम अघि सारेको थियो । तर विद्युतीय चुलो आपूर्ति गर्ने ठेक्का पाएको कम्पनीको बदमासीले गर्दा विभिन्न २२ स्थानीय निकायसँगको लागत साझेदारीमा सर्वसाधारणलाई उपलब्ध गराउने व्यवस्था गरिएको विद्युतीय चुलो वितरण कार्यक्रम भने हाललाई स्थगित भएको रोकिएको छ ।

२२ हजार ३ सय थान इन्डक्सनको आपूर्तिको जिम्मा पाएको डोलेश्वर जेभी अहिले सम्पर्क विहीन छ । एइपीसीले ललितपुरका विभिन्न वडा, सिन्धुपाल्चोक प्यूठान लगायत तराइका विभिन्न स्थानीय निकायसँग लागत साझेदारीको समझदारी गरेको थियो । दुर्गमका विद्यार्थीलाई वितरण गरेर बाँकी रहेका इन्डक्सन स्थानीय निकायमार्पmत सर्वसाधारणलाई उपलब्ध गराउने केन्द्रले जनाएको छ ।

लामो समय सम्पर्क विहीन भएपछि आपूर्तिकर्तालाई कालो सूचीमा राख्न तयारीमा एइपीसी पुगेको छ । कम्पनीले करिव ६० लाख रुपैयाँ एडभान्स लगेको छ । सो रकम असुल गर्ने गरी बैंक ग्यारेन्टी जफत र सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार कालोसूचीमा राख्ने तयारी भएको केन्द्रले जनाएको छ ।

देशमा विद्युत खपत बढाउने र इन्डक्सन चुलो प्रयोगको अभियान नै चलाउने उद्देश्यले एइपीसीले गत आर्थिक वर्षमै सम्पन्न गर्ने गरी ३० हजारभन्दा धेरै थान इन्डक्सन खरिद प्रक्रिया अगाडि बढाएको थियो ।

तर ठेक्का पाएका आपूर्तिकर्ताले निर्धारित गुणस्तरको भन्दा कमजोर इन्डक्सन ल्याएपछि एइपीसीले त्यसलाई स्वीकार नगरी फिर्ता गरिदिएको थियो । दुवै कार्यक्रमका लागि आएका इन्डक्सन परीक्षण गर्दा चुलोको आकार र क्षमता (हिटिङ पावर) मा समस्या देखिएको थियो । विद्यार्थीका लागि आपूर्ति गर्ने ठेक्का पाएको कम्पनीले दोस्रो लटमा मापदण्ड पुरा भएको चुलो ल्याएपछि केन्द्रले वितरण थालेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.