Advertisement

पेलेको पार्थिव शरीरलाई सय वर्षीया आमाको दर्शन गराइने

0 56

Advertisement

१६ पुस, काठमाडौं । महान फुटबल खेलाडी पेलेको पार्थिव शरीर उनको पुरानो घर हुँदै आमाको दर्शनपछि मात्र माटोमा बिलिन गरिने भएको छ।

ब्राजिलियन मिडियाहरूका अनुसार पेलेको आमा अझैं जीवित छिन् र उनको उमेर एक सय वर्ष पूरा भइसकेको छ। उनी बिरामीका कारण उठ्न सक्दिनन्।

शुक्रबार ८२ वर्षको उमेरमा पेलेको अस्पतालमा निधन भएको थियो। उनको अन्तिम संस्कारको सबै कार्यक्रमको जिम्मा सान्तोस क्लबले लिएको छ। जनवरी २–३ तारिखमा अन्तिम संस्कार गरिने क्लबले जनाएको छ।

सान्तोस क्लबले राजधानी साउ पाउलो नजिकै विला बेलमिरो रंगशालामा पेलेका प्रशंसकहरूले अन्तिम दर्शन गर्नसक्ने बताएको छ। सोमबार बिहान अल्बर्ट आइन्सटाइन अस्पतालबाट उनको शव यात्रा सुरु हुनेछ। उनको पार्थिव शरीरलाई रंगशालाको बीचमा राखिने छ।

उनको पार्थिव शरीरलाई राजधानीको सडकमा परिक्रममा गर्दै घर नजिकै पुर्‍याउने बताइएको छ। पेलेको शरीरलाई सान्तोसको मेमोरियल नेक्रोपोल एक्युमेनिका घाटमा लगेर बिर्सजन गरिने क्लबले जनाएको छ।

पेलेले १३६३ खेलमा १२७९ गोल गरेका थिए, जुन अहिले पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश छ। उनी तीन पल्ट विश्वकप जित्ने भाग्यमानी खेलाडी पनि हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.