Advertisement

साइत हेराएर बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

0 53

Advertisement

१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साइत हेराएर प्रधानमन्त्री निवास बालुवाटार सर्न लागेका छन्। उनका लागि ज्योतिष टीकाराम घिमिरेले बेलुका ५ बजेका लागि साइत सुझाएका छन्।

‘प्रधानमन्त्रीको सचिवालयबाट साइत हेराउनका लागि फोन आएको थियो। उहाँहरुको चासो भोलि ११ बजेका लागि थियो। तर मैले आजै साँझ ५ बजे राम्रो हुने सुझाव दिएको छु’, घिमिरेले भने।

गत सोमबार प्रचण्ड दौरा-सुरुवाल लगाएर सपथ लिन गएपछि उनको पुरानो मान्यतामा परिवर्तन आएको भन्दै आलोचना भइरहेको बेलामा साइत हेरेर बालुवाटार सर्न लागेका हुन्।

घिमिरेले आफूले अघिल्ला प्रधानमन्त्रीका लागि पनि साइत हेर्ने गरेको बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.