Advertisement

जसपा तत्काल सरकारमा नजाने

0 50

Advertisement

१२ पुस, काठमाडौं । सरकार निर्माणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको जनता समाजवादी पार्टी तत्काल सरकारमा नजाने भएको छ।

सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा बैठकपछि मात्र टुंगो लाग्ने जनता समाजवादी पार्टीले जानकारी दिएको छ।

वर्तमान सरकारलाई समर्थन गरेको जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ। उक्त बैठकले मात्रै सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय गर्ने बताइएको छ।

त्यतिबेला सम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्नेछ। जसपाको लागि पार्टी सरकारमा सहभागी हुने या नहुने भन्दा पनि संसदीय दलको नेता को र कहिले चयन हुने भन्ने विषय बढी चासोको विषय बनेको बताएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.