Advertisement

सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

0 196

Advertisement

०९ पुस, काठमाडौं । सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनका दलहरुको बैठक बस्ने भएको छ। बैठक ४ बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

बैठकमा सत्ता गठबन्धनमा रहेका सबै राजनीतिक दलहरुलाई बोलाइएको छ। सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन्।

राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्नका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएकी छिन्। तर, सत्ता गठबन्धनका दलहरुबीच सुरुमा कसले सरकारको नेतृत्व गर्ने भन्नेमा सहमति जुट्न सकेको छैन। शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले आफूले नै सुरुमा सरकारको नेतृत्व गर्ने दाबी गरिरहेका छन्।

कांग्रेस र माओवादी केन्द्रका पहिलो र दोस्रो तहका नेताबीच यसबीचमा भएका भेटघाटमा देउवा र प्रचण्डका लागि दाबी र अडान चलिरहेको छ। राष्ट्रपतिले दिएको समयसीमा आउनै लाग्दा दलहरु छलफलमा जुट्न लागेका हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.