Advertisement

जापानद्वारा अल्जाइमरको रगत परीक्षण किट स्वीकृत

0 56

Advertisement

८ पुस, एजेन्सी। जापानले अल्जाइमर रोगको निदानका लागि रगत परीक्षण किटलाई स्वीकृति दिएको किट निर्माण कम्पनी, सिस्मेक्स कर्पोरेसनले बिहीबार बताएको छ ।

कम्पनीले यो रोगको कारक प्रोटिनको संचय मापन गर्ने किटलाई जतिसक्दो चाँडो बजारमा ल्याउन काम गरिरहेको जनाएको छ ।

अल्जाइमर खास गरी पाको उमेरका व्यक्तिमा देखिने स्वास्थ्य समस्या हो र यसका कारण विरामीको स्मरण शक्ति हराउने गर्छ । अल्जाइमरको निदानको मौजूदा विधिहरु महङ्गा र चिकित्सकीय हस्तक्षेप रहेको छ । अक्सर मस्तिष्कको स्क्यान वा स्पाइनल ट्यापको सहयोग रोगको निदान हुनेगरेका छन् ।

“सिस्मेक्सले अल्जाइमर रोगको निदानमा समस्याहरू समाधान गर्न मस्तिष्कमा (अमाइलोइड बीटा) को सञ्चयलाई छिटो र सजिलै पहिचान गर्ने प्रविधिको विकास गरिरहेको छ,” कम्पनीले जनाएको छ ।

“परम्परागत परीक्षण विधिहरूभन्दा भिन्न तरिकाले किटले रगतको परीक्षण गर्छ, जसले गर्दा बिरामीहरूको शारीरिक, भावनात्मक र आर्थिक बोझ कम हुन्छ,” विज्ञप्तिमा भनिएको छ ।

अल्जाइमर्स एशोसिएशन, अमेरिकास्थित समूह ले भनेको छ, “किटको सहायतामा हुने रक्त परीक्षणले रोगको निदान गर्न सरल, सस्तो, गैर–हस्तक्षेपकारी र सहजता मिल्छ । “भविष्यमा, विरामीहरूले अल्जाइमर र अन्य सबै डिमेन्शियाको निदान प्रक्रियामा क्रान्ति ल्याउने सम्भावना छ ।”

लेकानेमाब नामक नयाँ औषधिले अल्जाइमरका बिरामीको संज्ञानात्मक गिरावटलाई १८ महिनाको अवधिमा २७ प्रतिशतले कम गरेको गत महिना सार्वजनिक तथ्याङ्कले देखाएको थियो ।

तथ्याङ्कले मस्तिष्कको रक्तस्राव र सूजनसहित प्रतिकूल प्रभावहरू पनि प्रकट गर् यो, तर धेरै हदसम्म दीर्घ संज्ञानात्मक रोग भएकाहरूको लागि ‘वास्तविक उपचार विकल्प’ प्रदान गर्ने रूपमा प्रशंसा गरिएको थियो ।

अल्जाइमर रोगमा, दुई प्रमुख प्रोटीनहरू (ताउ र अमाइलोइड बीटा), गाँठा र पाताहरूका रूपमा निर्माण हुन्छन्, जसलाई एकसाथ समुच्चयको रूपमा चिनिन्छ, जसले मस्तिष्कका कोषहरू मर्छन् र मस्तिष्क सङ्कुचनको कारण बन्छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.