चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना संक्रमण
०६ पुस, एजेन्सी । चीनमा कोरोना संक्रिमत हुनेको संख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ।
मंगलबार मात्र यहाँका स्थानीय स्तरमै संक्रिमत भएका व्यक्तिको संख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
साथै यहाँ मंगलबार मात्र एक हजार नौ सय जना संक्रमित उपचाररत स्वास्थ्य संस्थाबाट निको भएर घर फर्किएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जानकारी दिएको छ।
सो आयोगले बुधबार चीनमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको जनाएको छ। तर यहाँ स्थानीय स्तरमा नै कोरोना संक्रमित हुनेहरु भने घट्न नसकेको बताइएको छ।