Advertisement

मन्त्री खान कसैको घर धाउँदैनौं : राजेन्द्र लिङ्देन

0 75

Advertisement

०४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने वा नजाने विषयमा पार्टीमा छलफल गरेर मात्र निर्णय गर्ने बताएका छन् । सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको कार्यक्रममा उनले मन्त्री खान र सरकारमा जान हतार नगर्ने बताएका हुन् ।

हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ । हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुपर्‍यो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ । त्यसमा तपाईहरु सबै ढुक्क रहन आग्रह गर्छु’ नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उनले भने ।

आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् त्यही अनुसार अघि बढ्ने लिङ्देनले बताए ।

‘नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनुपर्दैन । हामी सोची, विचारी निर्णय गर्छौ’ उनले भने ।

अध्यक्ष लिङ्देनले पार्टीले अझै धेरै मत ल्याउनुपर्ने भन्दै प्राप्त मत परिणामबाट सन्तुष्ट नभएको उल्लेख गरे । उनले सोचजस्तो नतिजा नआएकाले राजीनामा दिने विषयमा पनि सोचेको सांसदहरुलाई सुनाए ।‘यो परिणामबाट म खुशी छैन । मैले परिकल्पना गरेको परिणाम यो होइन । मैले यतिको मात्रै अपेक्षा गरेको थिइनँ । मैले नैतिक रुपमा म अध्यक्षबाट राजीनामा दिएँ भनेर हालिदिउँ कि जस्तो लागेको थियो । यति सिटको राप्रपा कल्पना गरेको थिइनँ’ उनले भने ।

राप्रपा सुध्रिएको हो भनेर देखाउने मौका आएको भन्दै त्यसको नतिजा अर्को चुनावमा आउन सक्ने अध्यक्ष लिङ्देनले बताए । ‘हामी अहिले जे भनिराखेका छौँ त्यो वाचा कर्मबाट पूरा गर्न तयार छौँ भन्नेकुरा आगामी कार्यशैलीबाट प्रमाणित ग¥यौँ भने राप्रपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन’ उनले भने ।

अध्यक्ष लिङ्देनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दूतावासले कार्यक्रममा बोलाएमा अनुमति विना नजान निर्देशन दिए । दूतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न र आफ्नो मर्यादामा बस्न सांसदहरुलाई निर्देशन दिए ।

‘अब तपाईहरुलाई कहिलेकाहीँ अन्तर्वार्तामा बोलाउँछन् । कहिले कुनै विदेशी दूतावासहरुले कार्डहरु पठाइराख्छ । ए मलाई फलाना दूतावासले बोलाएको छ भनेर खुरुर कुदेर गएर त्यहाँ रक्सी खानेले रक्सी खाने मासु खान पाउनेले मासु खान कुदिहाल्नु हुन्न’ उनले भने, ‘पार्टीलाई सोधेर जानुपर्छ । हिजोअस्ति तपाईं व्यक्तिगत रुपमा जहाँ जानुहुन्थ्यो, जहाँ नाच्नुहुन्थ्यो केही छैन । तर अहिले केही मर्यादाहरु, केही जिम्मेवारीहरु छन् ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.