Advertisement

बालिका बलात्कारको आरोपमा दुई युवक पक्राउ

0 56

Advertisement

०४ पुस, विराटनगर । मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिका बलात्कारको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कार गरेको आरोप रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । बालिका १४ वर्षका छन् ।

पुस १ गते शुक्रबार घरबाट स्कुल हिँडेका बालिका भोलिपल्ट मात्रै घर फर्किएका थिए । आफन्तले सोधीखोजी गर्दा बलात्कृत भएको खुलाएका थिए ।

बालिकालाई सुन्दरहरैँचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा बलात्कार गरेको खुलेको प्रहरीले बताएको छ ।

बालिकाका अभिभावकले आइतबार साँझ दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तिम्सिना र तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाको मतियारका रूपमा सुन्दरहरैँचा–५ का २० वर्षीय बेञ्जु चौधरी र सुन्दरहरैँचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि नियन्त्रणमा लिएको छ । उनीमाथि होटल मिलाइदिने काम गरेको आरोप छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.