Advertisement

नगरहरुको मौलिकता जोगाउन प्रधानमन्त्रीको सुझाव

0 76

Advertisement

४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नगरहरुलाई मौलिकता जोगाउँदै व्यवस्थित शहर र आर्थिक कारोबारको केन्द्र बनाउन सुझाव दिएका छन् ।

सोमबार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले नगरपालिकालाई आफ्नो मौलिकता जोगाउँदै दिगो र वातावरणमैत्री बनाउन सुझाव दिए ।

‘काठमाडौं लगायत सबै नगरहरुलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउनुपर्छ । तसर्थ सबै प्रतिनिधिहरुलाई वातावरणमैत्री शहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्बन गर्न सुझाव दिन चाहन्छु’ प्रधानम्न्त्री देउवाले भने ।

शहरहरु दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेको भन्दै देउवाले यसले नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको बताएका छन् ।

सम्भाव्य स्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजान पनि उनले सुझाव दिए ।

‘स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने हो, नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्छ’ उनले भने, ‘जनताको काम बिना झञ्झट, छिटो, छरितो बिना मोर मोलाहिजा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिवद्ध हुन आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगर पूर्वाधार सेवाहरु, योजनावद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलेसा, हरियाली क्षेत्र र सरसफाइ आदिको समुचित प्रबन्ध गर्न आवश्यक रहेको पनि बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.