Advertisement

चलचित्र पत्रकारिता पुरस्कार र सम्मानबाट अधिकारी र खड्का सम्मानित

0 12

Advertisement

०९ जेठ, काठमाडौं । चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघले नेपाल लाईभका कला स्तम्भकार अशेष अधिकारी तथा पत्रकार डिबी खड्कालाई रजत वर्ष विशेष सम्मानले सम्मानित गरेको छ।

अधिकारी र खड्कासँगै फिल्म पत्रकारितामा योगदान दिने अन्य पत्रकारहरुलाई पनि कार्यक्रममा विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। संघको रजत वर्षमा अधिकारीले ५१ हजार रूपैयाँको नगद पुरस्कारसहितको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत हुँदा खड्कालाई रजत वर्ष विशेष सम्मानले सम्मानित गरियो। उनलाई नगद पुरस्कार ५ हजार ५ समेत प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठले उनीहरुलाई सम्मान गरेका हुन्। पुरस्कृत अधिकारीले आफूलाई प्राप्त पुरस्कारबाट २५ हजार रकम संघको कल्याणकारी कोषलाई दिने घोषणा गरेका छन्।

सोमबार राजधानीमा एक कार्यक्रम गर्दै संघले चलचित्र पत्रकारिता दिवस तथा संघको २५ औं वार्षिक उत्सब (रजत वर्ष) मनाएको थियो। कार्यक्रममा यो वर्षको चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट नेपाल समाचारपत्र दैनिक तथा कामना मासिकका पत्रकार विदूर गिरीलाई ५५ हजार ५५५ रुपैयाँसहित सम्मानित गरियो भने न्युज २४ टिभीका फिल्म पत्रकार सुरज खड्का ५१ हजार रुपैयाँ सहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत गरियो।

यस्तै राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट कलाकर्मी डटकमका पत्रकार कृष्ण भट्टराई र न्युज २४ टिभीका पत्रकार राज श्रेष्ठ सम्मानित भए ।

त्यसैगरी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट दाङमा रहेर सक्रिय रुपमा फिल्म पत्रकारिता गर्दै आएका शिब पुनलाई २५ हजार रुपैयाँ र पुरस्कारपत्र सहित सम्मान गरियो भने २५ हजार रुयैयाँ राशी सहितको राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार मदन रिजाललाई प्रदान गरिएको छ।

उनीहरुका अलवा केही कला पत्रकारलाई रजतवर्ष सम्मान प्रदान गरियो। समारोहमा पत्रकारहरु सिधाखबरका सम्पादक तथा मकवानपुरका फिल्म पत्रकार मणिराज गौतम, ब्युटी न्युज नेपालकी फिल्म पत्रकार जयन सुब्बा मानन्धर, नारी टिभीका रञ्जन खनाल सहित रँग पत्रकार शिल्पा अधिकारी, रविन्द्र खड्का, अमृत पुडासैनी र दीपक बिष्ट रजत बर्षको अबसरमा सम्मानित भए।

७ जेठमा स्थापना भएको चलचित्र पत्रकार संघले यो दिनलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ। कार्यक्रममा विशेष अतिथिहरुमा नेपाली फिल्मकी प्रथम अभिनेत्रीद्धय भुवन चन्द, बसुन्धरा भुसाल, नेपाल चलचित्र संघका बरिष्ट उपाध्यक्ष गोपालकाजी कायस्थ, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, फोनिजका अध्यक्ष गजुरधन राई,चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, फिल्म तथा पत्रकारिता क्षेत्रका विभिन्न संघ संस्थाका पदाधिकारी तथा फिल्मकर्मीहरु थिए



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.