Advertisement

प्रचण्ड भन्छन्- देउवासँग चुनावअघि नै आलोपालो प्रधानमन्त्रीको सहमति थियो

0 86

Advertisement

०४ पुष, चितवन । सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँगको आलोपालो प्रधानमन्त्री बन्ने समझदारी चुनावअघि नै भएको बताएका छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन गर्दा नै उक्त सहमति भएको र अहिले पनि कायम रहेको दाबी गरे।

त्यो समय लिखित र औपचारिक नभए पनि मौखिक रुपमा त्यस्तै सहमति रहेको बताए। उनले भने, ‘आलोपालोका विषयमा लिखित र औपचारिक सहमति भएको थिएन। गठबन्धन गर्दा आलोपालो गर्ने भन्ने सहमति भएकै हो। त्यो अहिले पनि कायमै छ।’

आफूले प्रधानमन्त्रीका निम्ति सबै (थोक) दाउमा लगाउने नगरेको दाबी गर्दै प्रचण्डले छलफलबाट सहमति खोज्ने बताए। उक्त सहमति रहेपनि माओवादी केन्द्रले प्रधानमन्त्री पद बटमलाइन नबनाएको उनले प्रष्ट पारे।

‘समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ। अरु नै भयो भने अरु नै हुन्छ,’ प्रचण्डले भने।

राष्ट्रपतिले दिएको ७ दिनभित्रै नयाँ सरकारका लागि पहल हुने उनले बताए। सबैसँग छलफल भइरहेको र प्राथमिकता गठबन्धनबाटै सरकार बनाउने रहको उनको भनाइ छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.