Advertisement

‘संरक्षणवादले विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृंखलालाई हानि पुर्‍याउँछ’

0 40

Advertisement

०३ पुष, एजेन्सी । संयुक्त राज्य अमेरिकाको एकतर्फीवाद र व्यापारमा संरक्षणवाद बहुपक्षीय व्यापार प्रणालीबाट विचलित भएको, आर्थिक कानून र बजार नियमहरूको उल्लङ्घन गरेको र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरतामा असर पारेको चिनियाँ वाणिज्य मन्त्रालयले शनिबार बताएको छ ।

विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) को गत साता सम्पन्न संयुक्त राज्य अमेरिकाको १५ औं व्यापार नीति समीक्षाको बारेमा सञ्चारमाध्यमको जिज्ञासाको जवाफमा चीनको यस्तो भनाई आएको हो ।

समीक्षाका क्रममा चीनले ठूलो मात्रामा भेदभावपूर्ण अनुदानहरू लागू गर्ने, धारा ३०१ अन्तर्गत एकतर्फी रूपमा विशाल र उच्च ट्यारिफहरू लागू गर्ने र निर्यात नियन्त्रणका उपायहरूको दुरुपयोग गर्ने जस्ता अमेरिकी अभ्यासहरूमा चिन्ता व्यक्त गरेको थियो ।

विश्व व्यापार संगठनको नियमका आधारमा अमेरिकालाई ३१२ वटा लिखित प्रश्न पनि सोधिएको मन्त्रालयले जनाएको छ ।

युरोपेली सङ्घ, जापान र क्यानडालगायत विश्व व्यापार सङ्गठनका अन्य सदस्य राष्ट्रहरूले पनि बहुपक्षीय व्यापार प्रणालीमा सान्दर्भिक अमेरिकी व्यापार नीतिको प्रणालीगत प्रभावबारे समीक्षामा चिन्ता व्यक्त गरेका थिए ।

विश्व व्यापार सङ्गठनको तीन वटा कार्यमध्ये एकको रूपमा, व्यापार नीति पुनरावलोकन डब्ल्यूटीओका सदस्यहरूको लागि उनीहरूको अधिकारप्रयोग गर्न र उनीहरूको आर्थिक र व्यापारिक चासोहरू व्यक्त गर्न डब्ल्यूटीओ महत्वपूर्ण मञ्च हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.