Advertisement

पश्चिम सेती निर्माण अघि बढ्छ, यसले सुदूरपश्चिममा समृद्धी ल्याउँछ : प्रधानमन्त्री देउवा 

0 89

Advertisement

२२ मंसिर, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती भारतीय कम्पनीले निर्माण सम्पन्न गर्ने र त्यसले सुदूरपश्चिमको समृद्धीमा योगदान पुर्‍याउने दाबी गरेका छन्।

बिहीबार सुदूरपश्चिम महोत्सव उद्‌घाटनमा बोल्दै प्रधानमन्त्री देउवाले छिट्टै पञ्चेश्वर आयोजनाको काम पनि अघि बढ्ने बताए। उनले सुदूरपश्चिममा गौरीफन्टा नाकामा भारतसँग कुरा गरेर सहज बनाउने बताए।

सुदूरपश्चिम प्रदेशको शिक्षा, स्वास्थपछि पर्यटन र आर्थिक विकास गर्नका लागि महोत्सव आयोजना गरिएको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले धनगढी विकासको सम्भावना बोकेको सहर भएको भन्दै खप्तडदेखि अन्यमा पर्यटकीय विकास गर्न सके आर्थिक विकास गर्न सकिने बताए।

उनले दुवै छिमेकीसँग सम्बन्ध जोडिएको प्रदेश भएकाले आर्थिक हबको रुपमा विकास गर्ने सम्भावना रहेको बताए। प्रदेश सरकार र स्थानीय सरकारले यहाँको विकासका लागि समन्वय गरि काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

स्थानीय सम्भावनाहरूलाई पहिचान गरि प्राकृतिक सम्भावनाहरूको पहिचान गरेर सुदूरपश्चिमको विकास गर्नुपर्ने उनले बताए। सरकारले ठूला आयोजना र मझौला आयोजनालाई प्राथमिकता दिएको भन्दै यसले यहाँको विकासमा योगदान दिने प्रधानमन्त्रीको विश्वास छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.