Advertisement

अब प्रधानमन्त्री कमजोर हुन्छन्, ‘हर्स ट्रेडिङ’ सुरु हुन्छ : सुरेन्द्र पाण्डे

0 31

Advertisement

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले निर्वाचनमा कुनै एउटा दलले प्रष्ट बहुमत नल्याएको हुनाले जसले सरकार बनाउँदा पनि प्रधानमन्त्री धेरै कमजोर हुने बताएका छन्।

‘मन्त्रीहरु अब ‘हर्स ट्रेडिङ’ सुरु हुन्छ। मन्त्री पद बिक्रीमा रहन्छ। त्यसमा पनि प्रधानमन्त्रीले सबैलाई खुसी बनाउन सक्ने परिस्थिति छैन’, प्रेस चौतारी नेपालले बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले भने।

उनले २०४७ को संविधानले जस्तो मन्त्रिपरिषद्‌मा रहने सदस्यहरुको संख्या सीमित नगरेकाले प्रधानमन्त्रीलाई पनि सकस हुने बताए। ‘अहिले संविधानले नै २५ भनेर तोकिदिएको हुनाले २५ जनाभित्र बस्नुपर्ने हुँदा प्रधानमन्त्रीको सामु पनि एउटा ठूलो सकस के छ भने, यसलाई बढाउने ठाउँ छैन। बढाएर सबैको इच्छा पूरा गरिदिऊँ न त भन्ने ठाउँ पनि छैन’, उनले भने।

पाण्डेले अहिले मन्त्रिपरिषद्‌मा जानेहरु पनि असन्तुष्ट भएरै बस्ने तर्क गरे। ‘किनकि, मैले एकजना मात्रै पाएँ, दुई जना पाएँ, धेरै पाइनँ भन्ने हुन्छ। उनको आकांक्षा पूरा हुनसक्ने सम्भावना छैन। त्यसो हुँदा पहिलो प्रधानमन्त्री कमजोर हुन्छन्। मन्त्री दिँदा पनि आनाकानी गरिरहेको हुन्छ। असन्तुष्टिको बीचमा हुन्छ। उसलाई अलिकति कडा निर्देशन दिऊँ न त भन्दा यो सरकार छाडिदिन्छु भन्देला। सरकार टिकाउने सकसमा निरन्तर अगाडि बढ्नुपर्ने स्थिति हुन्छ’, उनले भने।

उल्लेखित परिस्थितिले देशलाई आशावादिताभन्दा निराशावादितातिर लैजाने सम्भावना रहेको उनले बताए। ‘यस्तो बेलामा राजनीतिक असन्तुष्टि बढ्दै जाँदा आर्थिक क्षेत्रका पनि अराजकता बढ्ने सम्भावना हुन्छ’, उनले भने।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.