Advertisement

सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रे 

0 162

Advertisement

२२ मंसिर, तेह्रथुम । धनक्टाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको तयारी भएको छ । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेको लागि तयारी भएको हो ।

हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिक सडक कालोपत्रे भएपछि हर्षित बनेका छन् । करिब तीन दशकअघि ट्रयाक खोलिएको सडक कालोपत्रे नहुँदा नागरिकहरूले सास्ती भोग्दै आएका थिए ।

कोसी राजमार्गसँगै जोडिएको सिधुवा शुक्रबारे ओख्रे सडक कालोपत्रे हुने भएपछि नागरिकको अवस्था फेरिने भएको छ । ९ मंसिर २०७६ मा प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । सडकमा यतिबेला तीव्र रूपमा कालोपत्रे भइरहेको छ । ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रा.लि.ले सडक निर्माणको काम गर्दै आएको छ ।

सडकमा कटिङ, ग्याबिङ,नालि निर्माणलगायतका काम सम्पन्न गरेसँगै कालोपत्रेका लागि तयारी भएको कम्पनीका इन्जिनियर मिनराज तामाङले बताए । उनका अनुसार आगामी असारसम्ममा सधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रे निर्माण कार्य सम्पन्न गर्न कम्पनी लागिपरेको छ ।

यो सडक ७० करोड लागतमा कालोपत्रे भइरहेको छ । सडक बनेपछि जिल्लाको छथर क्षेत्रका साथै छिमेकी जिल्ला धनकुटा र पाँचथरका नागरिकहरूले सेवा पाउने भएका छन्। दैनिक चारवटा बसका साथै साना तथा ठूला सवारीसाधान सञ्चालन हुँदै आएका छन् ।

सडक सञ्चालनमा समस्या हुँदा वर्षौँदेखि भोग्दै आएको समस्याबाट मुक्त पाएको स्थानीय शुक्रराज लिम्बूले बताए । उनी भन्छन्, ‘हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य हुने सडक कालोपत्रे भएपछि हामीले विगतमा भोग्दै आएको समस्या समाधान हुने भएको छ ।

सडक सञ्चलनमा समस्या हुँदा हामीले गाउँमा बिरामी हुँदा बोकेरै सिधुवा पुर्‍याउनुपर्ने बाध्यता पनि हट्ने भएको छ । ’सडक निर्माणसँगै सवारीसाधान सञ्चालनका साथै स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य वस्तु दुग्ध पदार्थ ढुवानीमा सहज बन्ने भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.