Advertisement

निफ्राले मंसिर २९ गतेदेखि ५ अर्बको ऋणपत्र बिक्री खुला गर्ने

0 83

Advertisement

२० मंसिर, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) मंसिर २९ गत बिहीबारदेखि पाँच अर्ब मूल्यको बराबरको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५।८६’ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ ।

वार्षिक ७ प्रतिशत ब्याजदरमा बैंकले ७ वर्ष अवधिको उक्त ऋणपत्र निष्काशन गर्न लागेको हो ।

प्रतिइकाई एक हजार अंकित दरका जारी हुने ५० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्रीमा आउनेछ । सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

बैंकको ऋणपत्रमा लगानी गर्नेले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको बिक्री बन्द छिटोमा पुस ४ गते तथा ढिलोमा पुस १४ गते हुनेछ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर मोबाइल एप, मेरो सेयर वेवसाइटबाट लगानीकर्ताले अनलाइनबाट आवेदन दिन सक्नेछन् । यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट समेत सि आश्वा प्रणालीबाट ऋणपत्र किन्न सकिन्छ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.