Advertisement

लगातार पाँच दिन बढेको सुन चाँदीको भाउ छैटौं दिनमा घट्यो

0 60

Advertisement

२० मंसिर, काठमाडाैं । नेपाली बजारमा मंसिर २० गते मंगलबार सुन चाँदी दुबैको भाउ घटेको छ ।

यसअघि लगातार पाँच कारोबार दिनसम्म निरन्तर बढेको सुन चाँदीको भाउ छैटौं कारोबार दिनमा आएर मात्र घटेको हो । यसबीचमा पाँच दिनमा सुन तोलामा २ हजार ५०० रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला १०० रुपैयाँले वृद्धि भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ६०० रुपैयाँ तथा चाँदी ३५ रुपैयाँले सस्तिएको हो ।

मंगलबार छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेर ९९ हजार ३०० रूपैयाँमा झरेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ६०० रुपैयाँले घटेर ९८ हजार ८०० रूपैयाँमा झरेर कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९९ हजार ४०० रूपैयाँमा भएको थियो ।

यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा ३५ रूपैयाँले घटेर १ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १५ रूपैयाँले बढेर १ हजार ३८५ रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७७१ डलर तथा चाँदी प्रतिऔंस २२.३५ डलरमा कारोबार भइरहेको छ ।

नेपालमा खपत हुने सबै सुन पुर्ण रुपमा आयातमा निर्भर रहेको छ । विवाहको सिजनका कारण मात्र नभई अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग बढ्दा भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि पर्ने गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.