Advertisement

वैदेशिक रोजगारीमा रहेका र स्थानीयलाई मायाखोला हाइड्रोपावरको आईपीओ

0 85

Advertisement

१४ मंसिर, काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले २३ मंसिरदेखि धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्बको ३४ प्रतिशत हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर सार्वजनिक निष्कासन गर्न लागेको छ । जुनमध्ये कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

यस्तै जारी पूँजीको २४ प्रतिशले हुन आउने २४ लाख कित्ता सेयर सर्वसाधाणको लागि निष्कासन गर्न छुट्याएको छ । सार्वजनिक निष्कासन गर्ने २४ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिने १० लाख कित्ता सेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट हुने कम्पनीले जनाएको छ । बाँकी ४० प्रतिशत अर्थात ४ लाख कित्ता सो क्षेत्रबाहेकका इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुमा बाँडफाँट हुने कम्पनाीले प्रकाशित गरेको आहृवानपत्रमा उल्लेख छ ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको आईपीओमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिएको सेयरमा उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस २४ गतेसम्म थप हुने आहृवानपत्रमा उल्लेख छ ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । योजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेको नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सि-आस्बा प्रणाली (मेरो सेयर) मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले संखुवासभामा १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १३ लाख ४२ हजार २८१ रुपैयाँ ९० पैसा रहेको छ ।

आयोजनाको कुल अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २०७१ जेठ ६ गतेदेखि २१०६ जेठ २५ गतेसम्म रहनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.