Advertisement

कोमल ओली र हिमेश पन्तले हारे चुनाव, रेखा थापा तेस्रोमा पछ्याउँदै

0 96

Advertisement

०९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका केही सेलिव्रिटी प्रत्यक्षतर्फको मतगणनामा पराजित भएका छन् ।

एमालेबाट दाङ-३ मा उम्मेदवारी दिएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरेका छन् । ओलीले २९ हजार ३२ भोट ल्याउँदा गिरीले ३६ हजार ८४२ मत ल्याए ।

धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्ट्यान्डअप कमेडियन तथा कलाकार हिमेश पन्त पनि पराजित भए । उनले १२ हजार ४७५ मत ल्याए । यो क्षेत्रमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी रहे ।

मोरङ-३ मा जारी मतगणनामा (बिहान ११ः३० सम्म) अभिनेत्री तथा राप्रपा उम्मेदवार रेखा थापा तेस्रो स्थानमा छिन् । रेखाले ९ हजार ९३९ मत ल्याउँदा कांग्रेसका सुनिलकुमार शर्मा ४३ हजार १६५ मत ल्याउँदै अग्रता लिइरहेका छन् ।

प्रत्यक्षतर्फ, काठमाडौं-६ मा स्वतन्त्र उम्मेदवारी दिएका गायक संजय श्रेष्ठ र कलाकार सिते बा पराजित भैसकेका छन् ।

प्रदेशतर्फ कांग्रेसबाट फिल्म निर्माताद्धय रोज राणा र मधुकुमार श्रेष्ठ तथा एमालेबाट बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । ‘२ नम्बरी’ फेम्ड फिल्म निर्माता तथा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजिव गुरुङ मनाङबाट प्रदेश सदस्यमा निर्विरोध भैसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.